११ बैशाख २०८१, मंगलबार

देशभर थप ३४२१ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२२४० जनामा पिसिआर परिक्षण गर्दा २३९१ जना र ५०३२ जनामा एन्टीजेन परिक्षण गर्दा १०३० जना गरी ३४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५५ हजार ९७१ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९७३८ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९९९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६७७ जना, ललितपुर जिल्लामा १९७ जना र भक्तपुर जिल्लामा १२५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३५ लाख ५१ हजार ३२३ पिसिआर परीक्षण भएको छ भने २ लाख ९४ हजार ७६१ एन्टीजेन परीक्षण गरिएको छ भने ३५८ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा र २८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६६९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !