७ बैशाख २०८१, शुक्रबार

देशभर थप २२३७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०५६९ जनामा पिसिआर परिक्षण गर्दा १५३९ जना र ३२६५ जनामा एन्टीजेन परिक्षण गर्दा ६९८ जना गरी २२३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५४ हजार ९४१ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ४३ हजार ६१५ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९७१३ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४६८ जना, ललितपुर जिल्लामा ८९ जना र भक्तपुर जिल्लामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३५ लाख ३९ हजार ८३ पिसिआर परीक्षण भएको छ भने २ लाख ८९ हजार ७२९ एन्टीजेन परीक्षण गरिएको छ भने ३४० जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २४ हजार ५४८ जना होम आइसोलेसनमा र २६८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६६६ जना आईसीयूमा र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !