७ बैशाख २०८१, शुक्रबार

देशभर थप ३१०८ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८८३६ जनामा पिसिआर परिक्षण गर्दा २२०२ जना र ४२९९ जनामा एन्टीजेन परिक्षण गर्दा ९०६ जना गरी ३१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ९५३ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५० हजार ६६४ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५९५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९६०७ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५३१ जना, ललितपुर जिल्लामा १४७ जना र भक्तपुर जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३४ लाख ८६ हजार ३५४ पिसिआर परीक्षण भएको छ भने २ लाख ७० हजार ९६१ एन्टीजेन परीक्षण गरिएको छ भने ३२६ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा र २५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५९२ जना आईसीयूमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !