८ बैशाख २०८१, शनिबार

नेपाललाई अनुदानमा चीनले थप १६ लाख डोज कोरोना खोप दिने


काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

यसअघि चीनले अनुदानमा दिएको १८ लाख डोज कोरोना खोप आइसकेको छ । यसअघि ओली नेतृत्वको सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको ८ लाख डोज खोप आइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् । प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छीवीच आज बालुवाटारमा भएको भेटवार्तामा दुई मित्रराष्ट्रले आपसी सहयोग प्रबर्द्धन गर्ने बारेमा छलफल भएको छ ।

नेपाललाई अनुदानमा चीनले थप १६ लाख डोज कोरोना खोप दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !