चितवनमा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि Nepalpatra चितवनमा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि

२१ श्रावण २०७८, बिहिबार

चितवनमा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि


कोरोनाको डेल्टा भेरियन्ट

चितवन । स्याङ्जा जिल्लापछि चितवनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको छ । भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पिसिआर पोजेटिभ देखिएका ५ वटा भरतपुर महानगरपालिका भित्रका स्वाबका नमूनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाइएकोमा सो प्रयोगशाला मार्फत २ वटा नमूना अन्तर्राष्ट्रिय प्रयोगशालामा जिन जिन सिक्यन्सिङ गर्न पठाइएको र उक्त दुवै नमूनाहरुमा भेरियन्ट डेल्टा बि.१.६१७.२ (Delta -B.1.617.2 like) प्रमाणित भएको भरतपुर अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

पहिलो लहरको अल्फा भेरियन्ट भन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी संक्रामक रहेको बिभिन्न अनुसन्धानले पुष्टि गरेको छ । डेल्टा भेरियन्टले बालबालिकादेखि बृद्धबृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरुलाई बढी संक्रामक तथा असर पार्न सक्ने क्षमता भएको विज्ञहरुले बताएका छन् ।

भरतपुर अस्पतालले प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्डहरु र जिल्ला प्रशाशन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाका नियमहरु पालना गरी सुरक्षित गर्न आग्रह समेत गरेको छ ।

चितवनमा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा