चीनबाट ४० लाख कोरोना खोप ल्याउने सम्झौता, असार २४ देखि हप्तैपिछे आउने Nepalpatra चीनबाट ४० लाख कोरोना खोप ल्याउने सम्झौता, असार २४ देखि हप्तैपिछे आउने

२१ श्रावण २०७८, बिहिबार

चीनबाट ४० लाख कोरोना खोप ल्याउने सम्झौता, असार २४ देखि हप्तैपिछे आउने


sinopharm vero cell corona vaccine

काठमाडौँ । नेपाल सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै सिनोफार्मसँग भेरोसेल खोप खरिदका लागि सम्झौता भएको जानकारी दिएका छन् ।

असार २४ गतेदेखि हप्तैपिछे खोपको आपूर्ति हुने गरिने जानकारी पनि प्रवक्ता डा. पौडेलले दिएका छन् । सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको हो ।

यद्यपि खोप खरिद मूल्यबारे खुलाइएको छैन । चीनसँग मूल्य नखुलाउने सहमति भएको एक उच्च अधिकारीले बताए । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न नमिल्ने मन्त्रालयका ती अधिकारीले बताए ।

नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएपछि खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरूले बताएका छन् ।

चीनबाट ४० लाख कोरोना खोप ल्याउने सम्झौता, असार २४ देखि हप्तैपिछे आउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा