देशभर थप २४७४ जनामा कोरोना पुष्टि, २५१८ जना संक्रमणमुक्त Nepalpatra देशभर थप २४७४ जनामा कोरोना पुष्टि, २५१८ जना संक्रमणमुक्त

२१ श्रावण २०७८, बिहिबार

देशभर थप २४७४ जनामा कोरोना पुष्टि, २५१८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२३५ जनामा पिसिआर परिक्षण गर्दा १५७७ जना र ४९९७ जनामा एन्टीजेन परिक्षण गर्दा ८९७ जना गरी २४७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५१८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ७० हजार ९५८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८९१८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख २ हजार ७४९ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४९ हजार ५५५ जना रहेको छ भने ३८८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ४६ हजार ५०२ जना होम आइसोलेसनमा र ३०५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा