११ बैशाख २०८१, मंगलबार

देशभर थप २४२१ जनामा कोरोना पुष्टि, ३५५८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५५८ जनाले कोरोना जितेका छन् ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८८९४ जनाको मृत्यु भईसकेको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५० हजार ५२० जना रहेको छ भने ४२५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ४७ हजार २८६ जना होम आइसोलेसनमा र ३२३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३४ जना आईसीयूमा र २१३ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !