१२ बैशाख २०८१, बुधबार

नेपालले कोभ्याक्समार्फत ६ लाख डोज कोरोना खोप पाउने


जोन्सन एन्ड जोन्सन कम्पनी कोरोना खोप

काठमाडौँ । नेपालले कोभ्याक्स सुविधामार्फत अमेरिकी कम्पनी ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको ६ लाख डोज कोरोना खोप पाउने भएको छ । कोभ्याक्सले एक डोज मात्र लगाए पुग्ने ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको ६ लाख डोज कोरोना खोप दुई दिनअघि मात्र दिने जानकारी दिएको हो ।

हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन् । अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एन्ट्रेजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मेले विकास गरेको ‘भेरोसेल’ नामक खोप लगाइएको छ ।

अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप नेपालमा पहिलोपटक आउन लागेको हो । हालसम्म उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति भने दिइएको छैन ।

कोभ्याक्स कार्यक्रममार्फत् नै यही जुलाइ अन्तिमसम्म एस्ट्रेजेनेकाको ३ लाख ४८ हजार डोज खोप आउने भएको छ । उनले यसअघि पनि कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजार खोप नै पठाएको भन्दै त्यसैको दोस्रो मात्राका लागि त्यति नै खोप पठाउन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !