८ बैशाख २०८१, शनिबार

थप २९१८ जनामा कोरोना पुष्टि, ५१४७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४३८ जनामा पिसिआर परिक्षण गर्दा २०४९ जना र ५३५१ जनामा एन्टीजेन परिक्षण गर्दा ८६९ जना गरी २९१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ३६ हजार २५२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८४६५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ८०४ जना रहेको छ भने ५३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा र ४६८२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !