७ बैशाख २०८१, शुक्रबार

थप ३७५० जनामा कोरोना पुष्टि, ५२२५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९५९८ जनामा पिसिआर परिक्षण गर्दा २७०९ जना र ५५८४ जनामा एन्टीजेन परिक्षण गर्दा १०४१ जना गरी ३७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख २० हजार ८१६ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८३०५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३१ लाख ९८ हजार ७०२ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार २७५ जना रहेको छ भने ५९४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसनमा र ५५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !