१३ बैशाख २०८१, बिहिबार

थप ४३४४ जनामा कोरोना पुष्टि, ५७६८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२०७७ जनामा पिसिआर परिक्षण गर्दा ३४४९ जना र ४५६८ जनामा एन्टीजेन परिक्षण गर्दा ८९५ जना गरी ४३४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५ लाख ९८ हजार ८१३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख १० हजार २९८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८१७९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३१ लाख ७९ हजार २०३ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ८० हजार ३३६ जना रहेको छ भने ६३४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ७४ हजार ४३८ जना होम आइसोलेसनमा र ५८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १३१२ जना आईसीयूमा र ३७५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु