१३ बैशाख २०८१, बिहिबार

बाँकेमा कोरोना संक्रमणवाट थप ५ जनाको मृत्युु


भेरी अस्पताल

बाँके । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा भेरी अस्पतालमा उपचाररत ३ जना र नेपालगञ्‍ज मेडिकल कलेज कोहलपुरमा उपचाररत २ जना रहेका छन् ।

कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा बाँकेका २ जना तथा बर्दिया, दाङ र रूकुम पश्चिमका १/१ जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुलरिया-४ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर-१४ बाँकेकी ७० वर्षीया महिला र तुलसीपुर-१८ दाङकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेज कोहलपुरमा उपचाररत चौरजहारी-४ रुकुम पश्चिमकी ६५ वर्षीया महिला र नेपालगञ्‍ज-११ बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट बाँकेमा जिल्लाभित्रका २९९ जना र अन्य जिल्लाबाट उपचार गराउन आएका ३१० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !