६ बैशाख २०८१, बिहिबार

एकैदिन ६८२५ जनामा कोरोना पुष्टि, ५९०४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८५६२ जनामा पिसिआर परिक्षण गर्दा ५८२५ जना र ३१११ जनामा एन्टीजेन परिक्षण गर्दा १००० जना गरी ६८२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९०४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख ६७ हजार ४६७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७६३० जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३१ लाख ६ हजार ९३८ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेको छ भने ८३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ९४ हजार ९०९ जना होम आइसोलेसनमा र ६९३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १४४४ जना आईसीयूमा र ३९८ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !