८ बैशाख २०८१, शनिबार

ओली र नेपालवीचको भेटघाटपछि रामकुमारी झाँक्रीले दिइन् कडा प्रतिक्रिया


रामकुमारी झाक्री

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताएकी छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नु हुँदैन भन्दै आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ भनेर ओलीलाई कटाक्ष समेत गरेकी छन् ।

यस्तै उनले जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिद्रोह बिकल्प भएको भन्दै हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्ने भएकोले सचेत बन्न नेपाललाई आग्रह गरेकी छन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच पार्टी एकताको पक्षमा वार्ता जारी रहिरहेका बेला नेपाल समूहकी नेतृ झाँक्री यस्तो प्रतिक्रिया आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !