७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपेर जेठ १३ गतेसम्म लम्ब्याइयाे


काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकाका १५ दिन निषेधाज्ञा थपेर आगामी जेठ १३ गतेसम्म लम्ब्याइने निर्णय गरिएको छ । उपत्यकामा वैशाख १६ गतेयता जारी निषेधाज्ञा भोलि वैशाख २९ गतेसम्म कायम रहेको छ ।

उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । कोरोनाको संक्रमण थप बढ्दै गएकोले रोकथामका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको हो ।

बैठकले निषेधाज्ञा थप कडा पार्ने निर्णय पनि गरेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय बैठकले गरेको छ । यस्तै पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोज जस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय बैठकले निर्णय गरेकाे छ ।

तर आजको प्रजिअहरुको बैठकले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !