१३ बैशाख २०८१, बिहिबार

टेकू अस्पतालले एकाएक स्थगित गर्यो पीसीआर परीक्षण


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

काठमाडौँ । काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूले पीसीआर परीक्षण स्थगित गरेको छ । विषेश कारणबस अर्काे सूचना नभएसम्मका लागि पीसीआर परीक्षणको कार्य स्थगित गरिएको अस्पतालका निर्देशकद्वारा सूचना सार्वजनिक गरिएको हो ।

अस्पतालले जारी गरेको सूचनामा पीसीआर परीक्षण स्थगित गर्नुको कारण भने खुलाएको छैन । तर परीक्षणका लागि चाहिने रिएजेन्ट किट सकिएकाले परीक्षण रोकिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सो किटको व्यवस्था कति दिनमा हुन्छ भन्ने यकिन गर्न नसकिएको अस्पताल स्रोतको भनाई छ । पीसीआर परीक्षण स्थगित गरिँदा पर्न जाने असुविधाप्रति अस्पतालले क्षमा समेत मागेको छ । राजधानी काठमाडौँको पिसिआर परीक्षण गर्ने केन्द्र टेकू अस्पतालमा सेवा स्थगित गरिँदा कन्ट्याक ट्रेसिंग गर्ने असुविधा पर्ने भएकोले कोरोना संक्रमण थप फैलिने सम्भावना देखिएको छ ।

 

टेकू अस्पतालले एकाएक स्थगित गर्यो पीसीआर परीक्षण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु