१३ बैशाख २०८१, बिहिबार

८६ वर्षीय मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण


मोहनविक्रम सिंह फाइल फोटो

काठमाडौं । ८६ वर्षीय नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमण पुष्टि भएको छ । उनी अहिले काठमाडौंस्थित आफ्नै निवासमै होम आइसोलेसनमा रहेका छन् ।

उनलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुई दिन अघि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेर स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !