४ बैशाख २०८१, मंगलबार

काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । दिनप्रति दिन कोरोना भाइरस बढ्दै गएपछि काठमाडौं जिल्लामा निषेधाज्ञा १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको हो । काठमाडौँमा जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !