८ बैशाख २०८१, शनिबार

२६ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि


सङ्घीय संसद फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२३५ जनामध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही वैशाख २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र १०३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२३४ जनाको रिपोर्ट प्राप्त भएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १९ जना सांसदमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन भने राष्ट्रियसभाका १ जना सांसदमा मात्र संक्रमण देखिएको छ । संसद्‍ सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन रहेसँगै संक्रमित सांसदको कुल संख्या २६ जना पुगेको हो ।

बुधबार, बिहिबार र शुक्रबार संकलित स्वाबबाट १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन् । सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदले भने परीक्षण बाँकी नै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !