६ बैशाख २०८१, बिहिबार

सर्वोच्चसहित देशभरका २२ न्यायाधीश र १३९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि (सूचीसहित)


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतसहित देशभरका २२ जना न्यायाधीशलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यसैगरी अदालतका १३९ कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

बुधबार सर्वोच्च अदालतले एउटा सूचना जारी गर्दै न्यायालयमा भएको कोभिड संक्रमणको जानकारी दिएको छ । सर्वोच्चले सूचना जारी गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र उच्च सतर्कता अपनाउँदा समेत सर्वोच्च अदालत र मातहतका अदालतमा कार्यरत न्यायाधीश एवम् कर्मचारीहरूमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

सर्वोच्चसहित देशभरका २२ न्यायाधीश र १३९ कर्मचारीमा कोरोनासर्वोच्चसहित देशभरका २२ न्यायाधीश र १३९ कर्मचारीमा कोरोना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !