१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि


पृथ्वीसुब्बा गुरुङ फाइल फोटो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । हिजो मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि क्षेत्रीय प्रयोगशालामा पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बुधबार बिहान संक्रामक तथा सरुवा रोग अस्पतालमा गरिएको गुरुङको एन्टिजेन परीक्षण पोजिटिभ देखिएको थियो । कोरोना संक्रमित भएतापनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

हिजो मंगलबार प्रदेशसभाका सभामुख र दलका शीर्षनेताहरुसँगको बैठकमा हिजो सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएलगत्तै मुख्यमन्त्री गुरुङले कोरोनाको लक्षण देखिएपछि उनको एन्टिजिन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । मुख्यमन्त्री गुरुङ अहिले होम आइसोलेसनमा बसेका छन् ।

उनका प्रेस संयोजक विक्रम न्यौपाने पनि कोरोना संक्रमित भएर ३ दिनदेखि होम आइसोलेसनमा रहेका छन् । उनकै ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा मुख्यमन्त्रीको परीक्षण गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !