४ बैशाख २०८१, मंगलबार

नोबेलमा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


नोबेल मेडिकल कलेज

विराटनगर । विराटनगर नोबेल शिक्षणमा अस्पतालमा उपचाररत थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको आज बुधबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा ५४ र ६७ वर्षीय पुरुषहरु रहेका छन् ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका-७ का ५४ वर्षीय पुरुषको आज बिहान ८ः१५ बजेतिर मृत्यु भएको हो । कोरोना संक्रमित पुरुषलाई उपचारका लागि हिजो मंगलवार राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका लागि भर्ना गरिएको ८ घण्टामै मृत्यु भएका उनको घाँटीमा क्यान्सरको समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यस्तै विराटनगर महानगरपालिका–१२ घर भएका ६७ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको हो । कोरोना संक्रमण देखिएका उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल आइसोलेसनमा भर्ना गरेर उपचार भईरहेका उनको आज बिहान ५ बजेतिर मृत्यु भएको हो । मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या केही पनि नभएको दाहालले बताए ।

दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !