७ बैशाख २०८१, शुक्रबार

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा चितवनका मात्रै ८० जना रहेका छन् । यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्व गैंडाकोटका ४ जना, बाराकाको कलैया र सिम्रनगढका २ जना, गोरखा, तनहुँ, पर्वत, काठमाडौं, धादिङ र कालिकोटका १/१ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका ६७ जनामध्ये ३५ जना पुरुष र ३२ जना महिला छन् । संक्रमितहरु २० वर्षदेखि ६९ वर्ष उमेर समूहका छन् ।

यस्तै रत्ननगर नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३० देखि ६३ वर्ष उमेर समूहका छन् । यसैगरी खैरहनी नगरपालिका–८ का ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कालिका नगरपालिकामा ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १४ वर्षीया बालिकादेखि ६० वर्षसम्मका छन् । त्यसैगरि राप्ती नगरपालिकाका ४२ र ४८ वर्षीया दुई महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा वैशाख २० गते सोमबार प्राप्त भएका नमुनामघ्ये १७९ वटा नमुनाहरुको पिसिआर परीक्षण गर्दा ९२ नमुनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ भने ९२ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !