८ बैशाख २०८१, शनिबार

बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन


कोरोना संक्रमित

कञ्चनपुर । बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ ।

“अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भन्नुभयो, “कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ । त्यसका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई खटाइएको छ ।”

उपचारमा आवश्यक स्वास्थ्य सामग्री, औषधिलगायतको व्यवस्था गरिएको छ । हाल अस्पतालमा चार पुरुष र दुई महिला गरी छ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा रहेकामध्ये एक महिलाको अवस्था गम्भीर र अन्यको अवस्था भने सामान्य रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !