७ बैशाख २०८१, शुक्रबार

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई ज्वरो र शरीर दुखाइ बढेपछि हिजो आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएकोमा आज बिहान रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

उनले टेकु अस्पतालका डा. अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको बताएका छ । अहिले उनी आफ्नै डेरामै आइसोलेसनमा बसेका छन् । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ भन्दै उनले सबैलाई सजग रहन विनम्र आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !