१३ बैशाख २०८१, बिहिबार

नेपालमा एकैदिन ७४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६६५८ जनामा पिसिआर परिक्षण गर्दा ७३८८ जना र ५१८ जनामा एन्टीजेन परिक्षण गर्दा ६० जनामा गरी जम्मा ७४४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८६ हजार १५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३३६२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २५ लाख २१ हजार १६४ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५४०४१ जना रहेको छ भने २१२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !