६ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ५७२७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५३९१ जनामा पिसिआर परिक्षण गर्दा ५६५७ जना र ५२५ जनामा एन्टीजेन परिक्षण गर्दा ७० जनामा गरी जम्मा ५७२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८१ हजार ९५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३२७९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख ७३ हजार ९५६ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३८८१३ जना रहेको छ भने ५५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !