१३ बैशाख २०८१, बिहिबार

सरकार पनि आत्तियो कोरोनावाट : संक्रमण भयाभव भयो, स्वास्थ्य प्रणालीले थेग्‍नै सक्दैन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण भयाभव रुपमा फैलिरहेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार सर्वसाधारणमा अपिल जारी गर्दै नेपालमा कोभिड-१९ को संक्रमण उच्च गतिमा फैलिरहेको प्रष्ट पारेको हो ।

सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न, अस्पताल शैया उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको हो । उक्त अपिल जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

सरकारले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने स्थिति आएको भन्दै खतराको घण्टी बजेको संकेत गरेको हो । मन्त्रालयका अनुसार कोभिड संक्रमणका हिसाबले नेपालका २२ जिल्ला अति प्रभावित जिल्लाभित्र परेका छन् ।

जसअनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर रहेका छन् ।

यी जिल्लामा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा सर्वसाधारणमा जारी अपिलमा उल्लेख गरिएको छ । मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको हो ।

यस्तो छ सवास्थ्य मन्त्रालयको अपिल

यस्तो छ सवास्थ्य मन्त्रालयको अपिल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु