१२ बैशाख २०८१, बुधबार

चितवनको भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु


भरतपुर अस्पताल

चितवन । भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२५ का ४८ वर्षीय र देवचुली नगरपालिका-१६ का ४७ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ । बाटोमा हिँड्दा लडी घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !