६ बैशाख २०८१, बिहिबार

पर्सामा आज एकैदिन थपिए १६९ जना कोरोना संक्रमित


कोरोना संक्रमित

पर्सा । पर्सामा आज एकैदिन १६९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो ।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका १/१ जनामा संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

उनले कोरोना संक्रमणको दोस्रो छालमा फेला परेका संक्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए । यससँगै पर्सामा सङ्क्रमितको कुल संख्या ४ हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या १ हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !