७ बैशाख २०८१, शुक्रबार

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु


नोबेल मेडिकल कलेज

विराटनगर । विराटनगरमा २ जना कोरोना भाइरस संक्रमितको आज बुधबार बिहान मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत मोरङ र झापा घर भएका २ जना पुरुषको मृत्यु भएको हो ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएका पुरुषमा निमोनियाको पुरानै समस्या रहेको थियो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !