७ बैशाख २०८१, शुक्रबार

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि


टोपबहादुर रायमाझी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो सोमबार गरिएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

केही दिनयता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उपचारको लागि उनी सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन् ।

स्वास्थ्य अवस्था सामान्य रहेपनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ । अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !