६ बैशाख २०८१, बिहिबार

मन्त्रालयको चेतावनी : यही दरमा कोरोना संक्रमित थपिँदै गए केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ पाइँदैन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस भाइरस (कोभिड-१९) संक्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै संक्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो ।

कोरोना संक्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभई सकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेकाे मन्त्रालयले जनाएको छ ।

छिमेकी देशमा बढेको संक्रमणले त्यहाँको स्वास्थ्य प्रणाली नै तहस-नहस भएको भन्दै मन्त्रालयले त्यो हृदय विदारक घटना हाम्रोमा पनि देखिन सक्ने भएकाले समयमै सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ । कोरोना संक्रमण रोकथामकालागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !