६ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अस्पताल भर्ना


पूर्वराजा ज्ञानेन्द र पूर्वरानी कोमल

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा आराम गरिरहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले कोरोनावाट चाँडो निको हुन चिकित्सकको सल्लाह बमोजिम पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आज शनिबार दिउँसो १ बजे नर्भिकमा भर्ना भएको नेपालपत्रलाई जानकारी दिएका छन् ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई गत वैशाख ७ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !