१२ बैशाख २०८१, बुधबार

पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना संक्रमण पुष्टि, २५१ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८०५५ जनामा पिसिआर परिक्षण गर्दा १६६७ जना र ८८३ जनामा एन्टीजेन परिक्षण गर्दा ६९ जनामा गरी जम्मा १७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७५ हजार ८०६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३१०२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ६० हजार ५५७ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ८६५९ जना रहेको छ भने ९२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, वैशाख ६, २०७८

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, २५५ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !