१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, २५५ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७००१ जनामा पिसिआर परिक्षण गर्दा १२२७ जना र ५४७ जनामा एन्टीजेन परिक्षण गर्दा ५४ जनामा गरी जम्मा १२८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७५ हजार ५५५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०९१ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ५२ हजार ५०२ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७२५४ जना रहेको छ भने ८१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट बैशाख ६, २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !