१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि, २२६ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५३३ जनामा पिसिआर परिक्षण गर्दा ७६८ जना र ६७१ जनामा एन्टीजेन परिक्षण गर्दा ७५ जनामा गरी जम्मा ८४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७५ हजार ३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०७५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ४० हजार ४४७ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५५४५ जना रहेको छ भने ७४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोन अपडेट, बैशाख ४, २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !