७ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसबाट हामीले यसरी बिरामीलाई बचाउन सक्छौं


कोरोना

कोरोना भाइरसको सवैभन्दा ठूलो असर फोक्सोमा पर्ने हुन्छ । विशेष गरेर यसले निमोनियामा बढी असर गर्ने गरेको पाइएको छ । लामो समयसम्म कसैलाई रूघा लाग्ने गरेको छ भने यसको प्रभाव फोक्सोमा पर्न सक्छ । हामीले आफ्नो स्वास्थ्यमा विषेश ध्यान दिन आवश्यक छ ।

निमोनिया हुनेहरूलाई कोरोनाको संक्रमण चाँडो हुने हुनाले यसको रोगथाम जति चाँडो हुन्छ गर्नुपर्छ । यो रोगमा अक्सिजनको कमी हुन जान्छ । मान्छेले श्वास फेर्न सकि रहेको हुदैन यस्तो अवस्थामा उसलाई श्वास फेर्न सजिलो होस भन्नाका लागि एण्टिएलर्जीक कन्ट्रोल गर्ने खालको उपचार शीघ्र गर्नुपर्ने हुनसक्छ ।

आज जती पनि फोक्सो सम्वन्धी रोग मान्छेलाई लाग्ने गर्दछ । सवै वायु प्रदुर्षणको कारण हुने गर्दछ । जसको शरिरमा प्रयाप्त अक्सिजन हुदैन त्यस्ता व्यक्तिहरूलाई प्राय: दमको समस्या बढी हुने गरेको पाइन्छ । यस्ता रोगको उपचार हामीले एलर्जीक समाप्त पार्ने र स्वासलाई सजिलो बनाउने खालको उपचार शुरु गर्दा राम्रो रिजल्ट आउन सक्छ ।

रूघा पनि एक प्रकारको एलर्जीक अन्तर्गत पर्दछ । हामीले उपचार गर्दा हमेसा अनुभवी व्यक्तिको रेखदेखमा उपचार गराउनु पर्दछ । उपचार सटिक त्यति बेला हुन सक्छ जतिबेला औषधिको सेलेक्सन सहि हुन सकोस् । आज हचुवाको भरमा गरिने उपचारले फाइदा होइन वेफाइदा बढी हुने गरेको पाइन्छ ।

आजको लेखमा मैले कोरोनाको संक्रमणबाट तुरुन्त राहत हुने खालको जानकारी दिन गइरहेको छु । आजकाल भारत लगायत थुप्रै देशहरूमा सवैभन्दा बढी प्रयोग डेक्सामेथासोन टेब्लेट इन्जेक्सनको हुन थालेको छ । तर यो औषधि डाक्टरको निर्देशनमा नै चलाउनुपर्ने बताइएको छ ।

हाल ब्रिटेनका विशेषज्ञको भनाइमा सवैभन्दा सस्तो औषधि डेक्सामिथासोन कोरोना भाइरसको सक्रमणमा र गम्भीर अवस्थाबाट ज्यान बचाउन डेक्सामेथासोनको भूमिका रहेको उल्लेख गरेका छन् । तर यस्ता औषधि कम विकसित राष्ट्रका चिकित्साक भने प्रयोग गर्न डराउछन् ।

खास गरी यो औषधि जोर्नी दुख्ने, एलर्जीक दम र भीत्र सुन्निएको हटाउन प्रयोग गरिएको हुन्छ । कहिलेकाही यो औषधि गम्भीर अवस्थामा चलाएर मान्छेलाई बचाउन सकिन्छ । यो औषधि आजकाल भारत लगायत केहि देशहरूमा कोरोनाको उपचारमा प्रयोग हुन थालेको छ ।

कोरोनाको ठोस् उपचार नभएको अवस्थामा यो औषधि आपतकालीन अवस्थामा चलाउदा राम्रो रिजल्ट आउने देखिन्छ । अक्सफ़ोर्ड यूनिभर्सिटीका टिमले एउटा हस्पिटलमा २० हजारमा गरेको डेक्सामिथासोनमाको प्रयोगको नतिजाबारे यसरि तुलनात्मक अध्ययनमा आश्चर्यजनक तथ्य फेला परेको देखिन्छ ।

२० हजार बिरामीलाई डेक्सामिथान दिइएको र ४० हजारलाई नदिई हेरिएकोमा भेन्टिलेटरमा राखिएकामध्ये डेक्सामेथासोन खाएकाहरू ४०% देखि २८% सम्म बाँच्न सफल भएका थिए । यसरी हेर्दा डेक्सामेथासोन नोबेल कोरोना भाइसमा राम्रो फाईदा हुने देखिएको छ ।

हामीले जबसम्म रिक्स उठाउन सक्दैनौ तबसम्म हामीले कोरोनाका विरामीको कहरलाई रोक्न सक्ने छैनौं । हामीले अरूले गरेको उपलब्धिलाई मात्र हेरेर अगाडि बढ्ने सिस्टम भएकाले पनि कमसफलता हात परेको हुन सक्छ ।

हालै ब्रिटेनका विशेषज्ञको भनाइ अनुसार विश्वमा सवैभन्दा सस्तो औषधि डेक्सामेथासोन कोरोना भाइरसको सक्रमणबाट मर्नदेखि बचाउन सकिने थियो भनेका छन् । चाहे जेहोस् नेपालको हकमा हेर्दा नोबेल कोरोनाबाट त्यति ठूलो असर परेको देखिएको छैन ।

नोट : यो लेखमा डेक्सामेथासोनको खाने र इन्जेक्सन प्रयोग गर्ने तरिकाबारे प्रकाश पारिएको छैन । आपतकालिन अवस्थामा यसको प्रयोग गर्न डाक्टरको परामर्श अनिवार्य लिनुपर्ने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !