पछिल्लो २४ घण्टामा ९०० जनामा कोरोना संक्रमण पुष्टि, २०८ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा ९०० जनामा कोरोना संक्रमण पुष्टि, २०८ जना संक्रमणमुक्त
१८ मंसिर २०७८, शनिबार

पछिल्लो २४ घण्टामा ९०० जनामा कोरोना संक्रमण पुष्टि, २०८ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५३७ जनामा पिसिआर परिक्षण गर्दा ८३६ जना र ६२१ जनामा एन्टीजेन परिक्षण गर्दा ६४ जनामा गरी जम्मा ९०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार ८१२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०७० जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ३५ हजार ८४ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५००८ जना रहेको छ भने ७७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट वैशाख ३, २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !