पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि, १५७ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि, १५७ जना संक्रमणमुक्त
१२ मंसिर २०७८, आइतबार

पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि, १५७ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३५८८ जनामा पिसिआर परिक्षण गर्दा ४९० जना र ५६४ जनामा एन्टीजेन परिक्षण गर्दा ४४ जनामा गरी जम्मा ५३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार ६०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०६६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख २९ हजार ५४७ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४३८४ जना रहेको छ भने ६८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट बैशाख २, २०७८

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ६०३ जनामा कोरोना संक्रमण पुष्टि, १२९ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !