१२ बैशाख २०८१, बुधबार

पछिल्लो २४ घण्टामा ६०३ जनामा कोरोना संक्रमण पुष्टि, १२९ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२८९ जनामा पिसिआर परिक्षण गर्दा ५८० जना र ४५१ जनामा एन्टीजेन परिक्षण गर्दा २३ जनामा गरी जम्मा ६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार ४४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०६१ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख २५ हजार ९५९ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४०५६ जना रहेको छ भने ७९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, बैशाख १, २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !