पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १५३ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १५३ जना संक्रमणमुक्त
१२ मंसिर २०७८, आइतबार

पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १५३ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३८६ जनामा पिसिआर परिक्षण गर्दा ४६० जना र ८१७ जनामा एन्टीजेन परिक्षण गर्दा ५७ जनामा गरी जम्मा ५१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार ३१८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०५८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख २१ हजार ६७० को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३६०८ जना रहेको छ भने ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट चैत्र ३१, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !