७ बैशाख २०८१, शुक्रबार

दैनिक ११ हजार संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गर्दै विशेष सतर्कता अपनाउने योजना तय गर्ने भएको छ ।

मन्त्रालयले जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरेको छ ।

मन्त्रालयले संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यका सहित ठूला शहरहरुमा १ महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा बढी देखिएको भन्दै विद्यालय बन्द गर्न मन्त्रालयले सुझाव दिएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो जानकारी दिए । अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीको भनाइ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !