७ बैशाख २०८१, शुक्रबार

दोस्रो चरणको कोरोना खोप वैशाख ७ गतेदेखि लगाइने


कोभिशिल्ड

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको पहिलो चरणको खोप लगाएका नागरिकलाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाउन शुरु गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो । माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएका सबैलाई दोस्रो चरणको खोप लगाउन लागेको हो।

मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई सो खोप दिन लागेको जनाएको छ ।

दोस्रो चरणको खोप लिनलाई खोप कार्ड अनिवार्य लगेर खोप केन्द्रमा जान भनिएको छ । खोप बिहान १० बजेदेखि ४ बजे सम्म दिने मन्त्रालयले जनाएको छ ।

यस्तो छ खोप लगाउने तालिका

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते लगाउन भनिएको छ ।

माघ १८, १९, २०, २१, र २७ गते लगाउनेले वैशाख ८ गते लगाउन मिति तोकिएको छ ।

माघ २२, २३, २४, २८ र फागुन २ गते लगाउनेले वैशाख ९ गते लगाउन भनिएको छ ।

माघ २९ र फागुन ३, ४, ५, ६ गते लगाउनेलाई वैशाख १० गते लगाउन मिति तोकिएको छ ।

र माघ ३० र फागुन ७, ८, ९ र १० गते लगाउनेलाई ११ गते लगाउन भनिएको छ ।

दोस्रो चरणको कोरोना खोप वैशाख ७ गतेदेखि लगाइने

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !