पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३८ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३८ जना संक्रमणमुक्त
३० बैशाख २०७८, बिहिबार

पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३८ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३७८ जनामा पिसिआर परिक्षण गर्दा ४९६ जना र ७२७ जनामा एन्टीजेन परिक्षण गर्दा ६३ जनामा गरी जम्मा ५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०५३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख १७ हजार २८४ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३००६ जना रहेको छ भने ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, चैत्र ३०, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !