१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ३६७ जनामा कोरोना संक्रमण पुष्टि, १४१ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१२५ जनामा पिसिआर परिक्षण गर्दा ३०३ जना र ६९० जनामा एन्टीजेन परिक्षण गर्दा ६४ जनामा गरी जम्मा ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार २७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०४० जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख १२ हजार ९०१ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या २९६१ जना रहेको छ भने ८३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !