पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि, १५१ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि, १५१ जना संक्रमणमुक्त
१२ मंसिर २०७८, आइतबार

पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि, १५१ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार ८८६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०३९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ९ हजार ७७६ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या २८०० जना रहेको छ भने ८४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, चैत्र २८, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !