७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि, ७९ जना संक्रमणमुक्त


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४००६ जनामा परिक्षण गर्दा ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १०० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार ६०८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म कोरोना संक्रमणवाट ३०३८ जनाको मृत्यु भईसकेको छ । सक्रिय कोरोना संक्रमितको संख्या २४५४ जना रहेको छ भने ७७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट चैत्र २६, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !