पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ७४ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ७४ जना संक्रमणमुक्त
१० असार २०७८, बिहिबार

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ७४ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ८०९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ४१०० जनामा पीसीआर परिक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १०४० जनामा एन्टीजेन परिक्षण गर्दा ४१ जना गरी जम्मा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार ५२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणवाट ३०३८ जनाको मृत्यु भईसकेको छ । सक्रिय कोरोना संक्रमितको संख्या २२०१ जना रहेको छ भने ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, चैत्र २५ २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !